
Photo Credit : म्यान अफ दि म्याचको पुरस्कार लिँदै अजय ।
१८ वैशाख, काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । १०० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले १६.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।
प्रदेश ३ का लागि आयश भट्टराईले ५९ र अभिषेक उपाध्यायले ३५ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २७.५ ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । गण्डकीका अभिषेक थापाले २२ र अनित बरालले १७ रन बनाए । बलिङतर्फ अजय देवले ६ विकेट लिए । उनले ५.५ ओभरमा २४ रन खर्चिएर ६ विकेट लिएका थिए । म्यान अफ दि म्याच प्रदेश ३ का अजय देव बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4