Comments Add Comment

युएईमा पर्यटन प्रचारका लागि नेपाली साँझ

युएई । पर्यटन वर्ष २०२० को प्रचारका लागि युएईमा नेपाली साँझ सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्ड, नेपाल एयरलाइन्स र नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा दुवईमा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपस्थित विभिन्न  देशका नियोग प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु माझ नेपालको पर्यटकीय गन्तव्य तथा विभिन्न संस्कृति झल्कने वृतचित्र प्रस्तुत गरिएको थियो ।

पर्यटन विकास वोर्डका प्रवन्धक सुमन घिमिरेले अरवीयन पर्यटकीय मेलामा नेपालले पछिल्ला वर्षहरुमा नियमित सहभागीता जनाउँदै आएको र यसले नेपालको पर्यटक प्रर्वधनमा फाइदा पुर्‍याएको जनाए।

नेपालको धर्म संस्कृति प्रति पर्यटकको आकर्षण रहेको  छ । पर्यटन वोर्डका  निर्देशक  तथा  वोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले नेपालमा पर्यटकीय पूर्वाधारको  राम्रो व्यवस्थापन भएको  जनाउँदै  सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

युएई विश्व पर्यटकीय  गन्तव्य मुलकका रुपमा प्रमुख स्थानमा रहेकाले पनि यहाँ आउने पर्यटकलाई नेपाल लैजान सक्ने अवस्था बने नेपाल पर्यटन वर्षलाई थप मद्दत पुग्ने उनले बताए ।

नेपाली दूतावासकी द्धितीय सचिव तथा सुचना अधिकारी विष्णुकुमारी अधिकारीले स्वागत मन्तव्य राख्दै नेपाल पर्यटकीय गन्तव्य मुलुक रहेको जनाउदै एकपटक भ्रमण गर्न सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपालको जानकारी समेटिएको विभिन्न प्रश्नसहितको हाजिरी जवाफ राखिएको  थियो । कार्यक्रममा नेपाली दूतावासकोतर्फबाट श्रम काउन्सुलर भेषबहादुर कार्की, तृतीय सचिव नारायण ज्ञवालीको उपस्थिति थियो ।

यस्तै नेपाली तथा दक्षिण एसियाली नियोगका प्रतिनिधी तथा पर्यटन व्यवसाय गरिरहेका बिदेशी कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । चार दिनसम्म चलेको मेलाको अन्तिम दिन नेपालले नेपाली साझको आयोजना गरेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment