Comments Add Comment

समायोजनमा कर्मचारीको गुनासो वैशाखभित्रै सम्बोधन गर्छु : मन्त्री पण्डित

२० वैशाख, काठमाडौं । कर्मचारी समायोजनका क्रममा समस्यामा परेका कर्मचारीको गुनासो सरकारले यही महिनाभित्र संबोधन गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वैशाख महिनाभित्र समायोजनसम्बन्धी कर्मचारीको सबै गुनासो समाधान गर्ने बताएका हुन् ।

शुक्रबार रिपोर्टस क्लबले गरेको साक्षात्कारमा उनले भने ‘ प्रशासनको धेरैजसो टुंगिसकेको छ । स्वास्थ्यको धमाधम काम भइरहेको छ, मैले एक हप्ताभित्र यो टुंग्याउने प्रयास गरिरहेको छु, बढीमा यो महिनाभित्र सम्पूर्ण काम टुंग्याउनेछु ।’

मन्त्री पण्डितले समायोजनका क्रममा महिला र कडा रोग लागेकाहरुको गुनासोलाई पहिलो प्राथमिकता दिने पनि बताए । ‘महिलाहरुलाई उहाँहरुको पहिलो इच्छालाई प्राथमिकता दिइएको छ, कडा रोग लागेकालाई उपचारको नजिक र परिवारको नजिक बनाउने काम व्यवस्थापन भइरहेको छ’ उनले भने ।

समायोजनमा असन्तुष्टि जनाई आएका हरेक निवेदनको पूरा अध्ययन गरी साँच्चै जायज समस्या पाइएमा सम्बोधन गर्ने मन्त्री पण्डितले बताए ।

काम गरिरहेको ठाउँ भन्दा धेरै पर समायोजनमा परेको, प्रदेश र तह नै फरक परेको, कडा रोृग लागेको र श्रीमान श्रीमतीको फरक फरक ठाउँमा परेका छन् भने उनीहरुको गुनासो सम्बोधन हुने मन्त्री पण्डितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment