Comments Add Comment

अनु र नरेनको ‘रसिलो त्यो माया’

पचासको दशकका चर्चित रंगपत्रकार डिपी परिश्रमी अब गीतकार बनेर पुनः मिडियामा छाउन आइपुगेका छन् । पछिल्लो समय लेखापरीक्षण व्यवसायमा रहेका परिश्रमीको गीत ‘रसिलो त्यो मायाको बोलीमा’ आधुनिक गीत बजारमा सार्वजनिक भएको छ ।

संगीतकार दीपक शर्माको संगीत , डि.पि परीश्रमीको गीत रचना, रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वर रहेको यो लोक लयमा आधारित आधुनिक गीत युट्युबमा पनि आइसकेको छ । गीतको बोल र संगीतको तालको मिलन पछि राम्रो सांगीतिक खुराक निक्लन्छ भनेझै एउटा राम्रो गीत बजारमा आएको छ ।

गीतको भिडियोमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।

मनोरंजनात्मक आनन्दायी दृश्यहरु संलग्न यस भिडियोमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment