+
+
Shares

सरकारी सर्भर ‘डाउन’, देशभर सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते १२:३१

२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । डोमेन नेम सर्भर (डीएनएस)मा भएको समस्याले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जवानकारी दिएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार सर्भर डाउनको समस्या बारम्बार देखिने गर्छ । आइतबारको समस्या हल भइसकेको दावी उनले गरे । तर, दिउँसो कुनै मुख्य सर्भरमा निर्भर कुनै सरकारी वेबसाइटहरु खुलेका छैनन् ।

‘ट्राफिक अनुसार क्षमता त बढाइरहेका छौं, कहिलेकाँही सरकारी कार्यालयमा कर्मचारीको अनभित्रताले एक ठाउँमा जोड्ने पर्ने तर अन्तै जोडिदिन्छन्, त्यसले पनि सिस्टमलाई समस्यामा पार्छ,’ उनले भने,’अन्य खालका ब्रेाडकास्ट लगायतमा प्राविधिक समस्या पनि हुने गर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?