+

भारतमा सावित्राको २९ सेकेन्डमा गोल !

२०७६ वैशाख  २३ गते १७:१९ २०७६ वैशाख २३ गते १७:१९
भारतमा सावित्राको २९ सेकेन्डमा गोल !

२३ वैशाख, काठमाडौं । सावित्रा भण्डारीले सेथु क्लबबाट भारतमा जारी इन्डियन महिला फुटबल लिगमा २९ सेकेन्डमै गोल गर्न सफल भएकी छिन् ।

इन्डियन महिला फुटबल लिगअन्तर्गत गुरु नानक रंगशालामा सेथु एफसीबाट मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध खेलेकी सावित्राले आफ्नो डेब्यु खेलमै २९ सेकेन्डमा गोल गर्न सफल भइन् । सावित्राको यो गोल टाइमिङ जारी इन्डियन महिला फुटबल लिगको सबैभन्दा छिटो गोल हो ।

यस्तै, उनले खेलको १६ औं मिनेटमा अर्काे गोल थप्दै व्यक्तिगत २ गोल गर्न सफल भएकी छन् ।

सावित्राले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको क्लब लिग फुटबल खेल्न पाएकी हुन् । यही क्लबमा नेपालकी अर्का खेलाडी अनिता बस्नेत पनि अनुबन्धित छिन् । तर आजको खेलमा भने उनी प्लेइङ इलाभेनमा परेकी छैनन् ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय