Comments Add Comment

प्रधानन्यायाधीश गोगोईमाथि लागेको यौन उत्पीडनको आरोप खारेज

२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको आन्तरिक समितिले भारतका प्रधानन्यायाधीश रंजन गोगोईमाथि लागेको यौन उत्पीडनको आरोप निराधान भएको बताएको छ ।

आन्तरिक समितिले आइतबार वरिष्ठता क्रममा दोस्रो नम्बरमा रहेका न्यायाधीश जिस्टिस मिश्रालाई रिपोर्ट बुझाएको थियो । त्यसको एक कपी गोगोईलाई पनि दिइएको छ ।

अभियोग लगाएकी महिलालाई यो रिपोर्ट दिए नदिएको खुलेको छैन भने सार्वजनिक पनि भएको छैन ।

सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले १९ अप्रिलमा गोगोईमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । गोगोईले भने आरोप निराधर भएको बताएका थिए ।

गोगोईमाथि आरोप लगाएकी महिला दुई पटक आन्तरिक समितिमा उपस्थित भइने तर, तेस्रो पटक जान अस्वीकार गरिन् । समितिले आफ्नो वकिलका साथ उपस्थित हुन अनुमति नदिएको भन्दै उनले समितिबाट न्याय पाउने आश नगरेको बताइन् ।

समितिले भने छानविन गरिरह्यो र रञ्जन गोगोईले समितिमा आएर आफ्नो दाबी पेश गरे । यो पहिलो घटना हो कि भारतका प्रधानन्यायाधीश यौन उत्पीडनको आरोप लागेर छानविन समितिमा उपस्थित भएको ।

आन्तरिक समितिमा न्यायाधीश बोबडेका साथै इन्दिरा बनर्जी र इन्दू मल्होत्रा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment