Comments Add Comment

कोटेश्वरमा भेटिएको बम नक्कली ! यात्रुलाई सास्ती

२३ वैशाख, काठमाडौं । सोमबार साँझ बजेतिर प्रहरीलाई खबर आयो, कोटेश्वर चोकबाट अगाडि सडक छेउमा शंकास्पद बस्तु भेटियो ।

मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा शंकास्पद झोला देखेपछि प्रहरीले बम डिस्फोजल टोलीलाई खबर गर्‍यो । ट्राफिक प्रहरीले सवारी आवागमन रोक्यो ।

सवारी चाप बढी हुने समयमा नै तीनकुने र कोटेश्वर चोकबाट सवारी साधन डाइभर्ट गर्दा उपत्यकाको सवारी आवागमन नराम्ररी प्रभावित भयो, यात्रुहरुले सास्ती पाए ।

सेनाले टोलीले डिस्पोज गर्दा शंकास्पद बस्तु बम नभएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । ‘झोलामा विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment