+
+
Shares

प्रधानमन्त्रीको स्पष्टीकरण : भुलचुकले होइन, जानीबुझी मेरो सरकार राखिएको हो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १३:५७

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

देउवालाई जवाफ : आलोकाँचो पन देखाउन मिल्दैन कि

प्रधानमन्त्री ओली मेरो सरकार भन्नु बेलायती महारानीको शैली भन्ने विपक्षी दलका नेता शेरबहादुर देउवाको टिप्पणीको जवाफ दिए । उनले भने, अलिकति त्यो शब्दावली उपयुक्त भएन कि। बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’

उनले अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्न आग्रह गरे । भारतमा पनि मेरो सरकार भन्ने गरिएको तर, संविधानमा मेरो सरकार भन्नुपर्छ भनेर नलेखिएको उनको जिकर छ ।

‘लोकतन्त्रका अभ्यासका सन्दर्भमा कांग्रेसले आलोकाँचो पन देखाउन मिल्दैन कि ? यतापट्टी विचार गर्नु बान्चनिय हुन्छ भन्ने ठान्छु’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।

राजा महाराजाले मेरो भन्ने जनताको प्रतिनिधिले अपनत्व नलिने, मेरो सरकार नभन्ने हुन नसक्ने भन्दै उनले भने, ‘राष्ट्र प्रमुखको हैसियतले मेरो सरकार भनेर सम्बोधन गर्नुपर्छ ।’

नीति तथा कार्यक्रमको आलोचना गर्नेहरु सामान्य कुरामा बढी बल लगाएको र त्यो खन्यो पहाड निक्ल्यो मुसा जस्तो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?