+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

‘आकाश–पाताल’को सीमा तोक्न सुरेन्द्र पाण्डेको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते १२:३३

२५ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यक्तिमा आकाश र पातालको सीमा तोक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै समिति सदस्य पाण्डेले कुनै एक व्यक्तिको जग्गामुनि कतिसम्म र जग्गा भन्दामाथि कतिसम्म भोगचलन गर्न पाउने भन्ने सीमा तोकिनुपर्ने बताएका हुन् ।

संविधानमै जमिनमुनि र माथिको कति सीमासम्म व्यक्तिको हक लाग्ने भन्ने स्पष्ट हुन नसकेको भन्दै आगामी बजेटले यसमा ध्यान दिनुपर्ने उनले बताए ।

उनले भने, ‘कुनै व्यत्तिले आफ्नो जम‍िनमा घर बनाउँछ त्यो घर भन्दा तल कतिसम्म उसले उपभोग गर्न पाउने भन्ने हुनुपर्छ, अर्को कुरा घर भन्दा माथि आकाशमा पनि कति माथिसम्म व्यक्तिको हक लाग्ने भन्ने स्पष्ट हुनु पर्छ ।’

सिंगापुरमा ४० मिटर तलमात्रै व्यक्तिको स्वामित्व रहने व्यवस्था रहेको बताउँदै पाण्डेले नेपालमा पनि निश्चित सीमा तोक्नुपर्ने बताए ।

बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम राजनीतिक दिशातर्फ उन्मुख भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम र बजेट राजनीति भन्दा पनि बढी आर्थिक दिशातर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

‘अघिल्लो वर्ष केही गर्न नसकेको भनेर आलोचना भएका कारण हुनसक्छ धेरै राजनीतिक कुरा समेटिए’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘नीति तथा कार्यक्रमले पार्टीको बारेमा होइन देशको बारेमा धेरै सोच्नुपर्ने थियो ।’

पूर्वअर्थमन्त्री पाण्डेको भनाइमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहमत देखिए । सांसदहरुले उठाएको जवाफ दिने कुरामा उनले जमिनमुनि र माथिको स्वामित्वको विषयमा सीमा निर्धारण गरिनु पर्छ भनेर संविधान बनाउनदा समेत सुझाव दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?