+
+
Shares

नेकपाले सत्ता कब्जा गर्दैछ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २५ गते १३:४६

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् । पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उनले भने, ‘सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको देखिन्छ ।’

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको पक्ष लिएको उनको दाबी छ । ‘संसदमा हामीले बोलेको रेकर्डबाट तुरुन्तै हटाउने अनि प्रधानमन्त्रीको बोली हटाउन नसक्ने वा पछि हटाए पनि हुने भन्ने हुन्छ ?’ कोइरालाले भने ‘कार्यपालिका र व्यवस्थापिका एउटै अंग भइसकेको छ, न्यायपालिका पनि कार्यपालिकाको एउटा अंग जस्तो भएको छ ।’

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग आदि प्रधानमन्त्री अन्तर्गत ल्याउनु सत्ता कब्जाको पूर्वअभ्यास भएको कोइरालाको दाबी छ ।

कार्यक्रममा बोल्दै कोइरालाले नेपाली सेनालाई पनि सरकारले विवादित गर्ने प्रयास गरेको बताए । सबै विकासका काम दिएपछि सेनाले गर्नुपर्ने काम गर्न नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?