+
+
Shares

पोखरामा पयर्टकका लागि इन्जोय जोन !

विकास रोकामगर विकास रोकामगर
२०७६ वैशाख २५ गते १३:५४

२५ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस सुरु गरेपछि निकै आलोचना भयो । भदौ २६ गते गुरुङले रेडलाइट एसिया तोकिनुपर्ने र यौन पेशालाई व्यवस्थित गर्न यौनकर्मीलाई परिचयपत्र व्यवस्था हुनुपर्ने धारणा राखेकान थिए ।

नागरिक स्तरबाट चर्को विराध आएपछि उनले त्यसको बचाउ गर्दै ‘आफूले रेडलाइट एरिया खोल्ने नभनेको तर, बहसमा ल्याउन जरुरी रहेको’ स्पष्टीकरण दिए । त्यससँगै यो बहस सेलायो ।

अब प्रदेश सरकारका मन्त्री विकास लम्सालले अर्को बहस सुरु गरेका छन्, पर्यटकका लाई इन्जोय जोन ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले मनोरञ्जनात्मक क्षेत्र अर्थात इन्जोय जोन बनाउने योजना बनाएको छ ।

इन्जोय जोनलाई धेरैले ‘रेडलाइट यरिया’ कै विकसित रुप भनेका छन् । तर, मन्त्रालयले रेडलाइट यरिया र इन्जोय जोन फरक भएको स्पष्टीकरण दिएको छ । ‘इन्जोय जोनलाई गलत अर्थमा अथ्र्याएर प्रदेशको बदनाम गर्न खोजिँदैछ । वास्तवमा हामीले पर्यटक रमाउने क्षेत्रको परिकल्पना गरेका हौं,’ गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनलाइनखबरसँग भने ।

मन्त्री लम्सालले इन्जोय जोन पोखरामै बनाइने त्यो रेडलाइट यरिया नभइ पर्यटकीय यरिया हुने प्रष्ट्याए । उनले भने, ‘त्यो क्षेत्रमा बाह्य कुनैपनि डिस्टर्ब हुँदैन । २४ सै घण्टा खुल्ला हुन्छ ।’

पोखराको पामे क्षेत्रमा इन्जोय जोन बनाइने मन्त्री लम्सालले बताए । उनले पर्यटकले हिमाल र ताललाई एकैचोटी दृश्यवलोकन गर्दै मनोरञ्जन गर्न पाउने उपयुक्त ठाउँ खोजिरहेको बताए ।

‘तोकिएको यरियामा उनीहरुले खाने, बस्ने, सुत्ने, पार्टी गर्नेलगायत ‘अन्य मनोरञ्जन’ पनि गर्न पाउँछन् । त्यहाँ कसैले डिस्टर्ब गर्दैन,’ उनले भने । अन्य मनोरञ्जनमा कानुनले वर्जित गरेका बाहेक पर्यटकले आफूले चाहेको कुनै पनि प्रकारको मनोरञ्जन गर्न पाउने उनको भनाइ थियो ।

इन्जोय जोन योजनाको जिम्मा निजी क्षेत्रलाई जिम्मा दिने तयारी छ । इन्जोय क्षेत्रमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, क्यासिनोदेपख ज्याकोजीसम्म हुने उनले बताए । यस योजनाका लागि प्रदेश सरकारले अध्ययन, अनुसन्धान र डीपीआर तयार गर्न ९ करोड बजेट छुट्याएको छ ।

‘यसको डीपीआर गर्न सिन सुरु गरिसकेका छौं । चालु आर्थिक वर्षकै अन्त्यतिर डीपीआर सकिसक्छ,’ उनले भने । इन्जोय जोन भइसकेपछि पोेखरामा पर्यटकको बसाइँ अझै लम्बिने उनले विश्वास राखे ।

इन्जोय जोन २४ सै घण्टा खुल्ने भएकाले त्यहाँ प्रहरी हस्तक्षेप नहुने तर सुरक्षाको जिम्मवारी प्रदेश सरकारले लिने उनले प्रष्ट्याए ।

‘प्रदेशले २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोही योजनालाई पूरा गर्न हामीले यो योजना ल्याएका हौं,’ उनले भने, ‘यसले पर्यटन उत्पादन बढाउन सहयोग गर्नेमा हामी ढुक्क छौं ।’

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?