+
+
Shares

यसवर्षको जानकी नवमीमा महामहोत्सव मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १९:४१

२७ वैशाख, जनकपुरधाम । यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइने भएको छ ।

सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । जानकी नवमीलाई महामहोत्सवको रुपमा मनाउन वैशाख २२ गतेदेखि नै गतिविधि शुरु गरिसकिएको छ ।

२२ गतेदेखि राम कथा प्रवचन, नवाह रामायण पाठ र बधाई मंगल गान शुरु गरिसकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले शुक्रबार पत्रकार सम्मेलन गरी बताए ।

महामहोत्सवमा सहभागिता जनाउन राष्ट्रपति विद्या भण्डारीसमेत आउने भएकी छन् ।

दासका अनुसार वैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म निरन्तर गतिविधि हुनेछ । ३० गते दूधमती शाही स्नान, जानकी नवमी महोत्सव तथा रामायण मेला, जानकी महोत्सव, जानकी जन्म शोभा यात्रा, जानकी जन्म सन्ध्या आरती र जानकी जन्म संस्कृति मंगल गानको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै वैशाख ३१ गते विद्वत गोष्ठी तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या र वैवाहिक मटकोर समारोह गरिनेछ । जेठ १ गते रामायण आधारित प्रश्नोत्तर प्रतियोगिता र मिथिला सांस्कृेतिक विवाह महोत्सवको आयोजना गरिनेछ ।

जेठ २ गते मिथिला चित्रकला प्रदर्शनी र प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम, ३ गते मृगौला तथा लिभरसम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर तथा प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम गरिनेछ भने जेठ ३ गते जानकी मन्दिर गर्भगृहमा जानकी जन्म छठिहार (न्वारन) समारोहको आयोजना गरिने दासले बताए ।

यो महामहोत्सवमा चतराधाम सुनसरीबाट जगतगुरु डा. कृष्णदासजी महाराज, लक्ष्मणकिला, अयोध्या भारतबाट महन्थ मैथिलीरमण शरणजी महाराज, बाराणसी काशीबाट महन्थ राजकुमार दास, जानकीघाट अयोध्याबाट महन्थ जन्मेजय शरण, श्रीधाम अयोध्याबाट श्रीमज्जगदगुरु रामानुचाजार्य स्वामी रामकृष्णाचार्य, बृन्दावनबाट स्वामी हरिशरणजी महाराज र स्वामी रामकृपाल दासका साथै सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप गिरीको पनि सहभागिता रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?