Comments Add Comment

भक्तपुर चेम्बर अफ कमर्श अघि बढ्नुपर्छ : राजेन्द्र मल्ल

२९ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले व्यापारिक गतिविधिलाई अगाडि बढाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

भक्तपुर चेम्बर अफ कमर्शको नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलार्इ बधाइ दिए ।

‘भक्तपुर सांस्कृतिक, पर्यटन नगरी एंव, औधोगिक तथा व्यापारीक उत्कृष्ट क्षेत्र हो । भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिकले प्रचलित छ । यो क्षेत्रको मौलिक कला र संस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हेतुले भक्तपुर चेम्बर अफ कमर्शअघि बढ्नुपर्छ जसलाई चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयले आवश्यक सहयोग गर्न तयार छ,’ उनले भने ।

नेपाल संघीय स्वरुपमा स्थापित भई सकेको परिप्रेक्ष्यमा पुनः संरचनालाई विस्तार गरी सवै प्रदेश, सवै जिल्ला,सवै नगरपालिका, सवै गाउँपालिकाहरुमा समेत स्थापित हुँदै जानु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment