Comments Add Comment

डडेल्धुरामा तयार भयो ट्रायल सेन्टर, जेठदेखि लाइसेन्स वितरण

३१ वैशाख, डडेल्धुरा । डडेल्धुरामा ट्रायल सेन्टर तयार भएको छ । जेठबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरिएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ ।

डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सवारी लाइसेन्सको परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि ७ वटै पहाडी जिल्लाका नागरिकहरुलाई सहज हुने यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकले तराईका जिल्ला कैलाली र कञ्चनपुर गएर नयाँ सवारी चालक अनुमति पत्र निकाल्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

यसभन्दा अगाडि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नविकरण सेवा, सवारी जाँचपास सेवा सुरु गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले बताएको छ । अब निर्माण भएको ट्रायल सेन्टर भाडामा लिई लाइसेन्स वितरण गर्ने तयारी थालेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दिलीप लामाङले जानकारी दिएका छन् ।

‘अब स्मार्ट लाइसेन्स जारी र सवारी साधनको दर्ता र नविकरण गर्ने कामको तयारी गरीरहेका छौ’ लामाङले भने ‘सवारी चालक अनुमती पत्र जारी गर्न हाम्रो आफ्नो ट्रायल सेन्टर नभएकाले उग्रतारा ड्राइबीङ एण्ड ट्रेनिङ सेन्टरलाई भाडामा लिएर काम गर्न हामी लागीपरेका छौ ।

उनले भने ‘यसको लागी सूदुपश्चिम प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा ट्रायल सेन्टर भाडामा लिन र अनुमती प्रदान गर्न पत्राचार गरेका छौं । मन्त्रालयबाट ट्रायल सेन्टरको निरीक्षण भैसकेको छ, अब जेठबाट काम सुरु हुन्छ ।’

करिब ५ महिना अघिबाट निमार्ण कार्य थालीएको उग्रतारा ड्राइबीङ एण्ड ट्रेनिङ सेन्टरमा १ करोडको लगानी रहेको सेन्टरका सन्चालक तेजबहादुर ऐरले जानकारी दिएका छन । ‘फिल्डदेखि लेआउटको निमार्ण गर्न १ करोडको लगानी लागेको छ र ट्रायल सेन्टरको लागी ५० लाख जतीको सवारी साधन खरीद भएको छ,’ उनले भने ।

डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र निस्किने भएपछि पहाडी जिल्लावासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसाय समेत फस्टाउने अमरगढी नगरपालिकाका नगर प्रमख विशेश्वरप्रसाद ओझाले बताए ।

उनले भने, ‘डडेल्धुराबाटै लाइसेन्स वितरण हुनेभएपछी तराई जाने सबै सेवाग्राही यहाँ आँउछन जसले गर्दा यहाँको व्यापार, यातायात तथा पर्यटन विकासमा समेत सहयोग गर्छ ।’

अहिले डडेल्धुरा बाहेकका सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई र्झनुपर्ने बाध्यता रहेको छ ।

सवारी चालक अनुमति पत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौं खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment