Comments Add Comment

सकियो दूसान इन्फ्रास्टक्चर एक्सीलेन्स अवार्ड २०१९ को पहिलो संस्करण

१ जेठ, काठमाडौं । पूर्वाधार संरचना र निर्माणको क्षेत्रमा कार्यरत ठेकेदारहरु, निर्माण कम्पनीहरुको राम्रो कार्यहरुको प्रशँसाएवं सम्मान प्रदान गर्ने उद्देश्यका साथ हिमालय टिभी एचडिले दूसान इन्फ्रास्टक्चर एक्सीलेन्स अवार्डको पहिलो संस्करणको घोषणा गरेको छ ।

आमजनता साधारणतया नकारात्मकविश्लेषणहरुको बारेमा पढेर र सुनेर नै तोकिएको समयमाआयोजनाहरु पूरा भएनन्, ठेकेदार वा आयोजना निर्माण कम्पनीहरुद्वारा गुणस्तर कायम गरिएनन् भन्ने जस्ता धारणाहरु बनाउँछन् । तर पनि, यहाँ केही कम्पनीहरु र ठेकेदारहरु यस्ता पनि छन्, जसले वास्तवमै देशमाउपलब्ध सीमित साधन स्रोतहरुका बावजुद उत्कृष्ट कार्य सम्पादनगर्न सक्षम भएका छन् । कम्पनीहरु र ठेकेदारहरुको यी नै वर्गहरुलाई सम्मान गर्दै उनीहरुको कामलाई अघि बढाउन थप हौसला प्रदानगर्नु अपरिहार्य रहेको बताइन्छ ।

अवार्ड समारोहका साथ हिमालय टेलिभिजनले यस क्षेत्रलाई सम्मान प्रदान गर्न र उत्साहको उर्जा प्रदान गर्न पहल गरेको छ ।

समारोहको प्रारम्भ पूर्वाधारसँग सम्बन्धित विषयहरुमा आधारित पक्षधर छलफलका साथ गरिएको थियो । अनिल चित्रकार, निकोलस पाण्डे, सूर्यराजाचार्य, गोपाल प्रसाद सिग्देल, आशुतोष तिवारी, कमल पाण्डे र कुमार पाण्डे पक्षधरहरु र मध्यस्थकर्ता थिए ।

११ भिन्न भिन्न समुहहरुमध्ये हरेक समुहबाट ३ जना मनोनयनमा परेका थिए र त्यसमध्ये कम्तीमा एक जना चयनभएर पुरस्कृत पनि भएका थिए ।

भेरी-बबई बहुउद्देश्यीय आयोजना-सुरुङ्ग खण्ड उत्कृष्ट राष्ट्रिय गौरवको आयोजनाको लागि छानिएको थियो, (चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रा.लि.) थन्की खण्डदेखि मंगलसेन, अछामसम्मको मध्य-पहाडी लोकमार्ग सडक खण्ड उत्कृष्ट सार्वजनिक उद्देश्यको आयोजनाको लागि छानिएको थियो ।

सिइ कन्स्ट्रक्सन प्रा.लि. उत्कृष्ट हाउजिङ एण्ड अपार्टमेन्ट आयोजनाको लागि छानिएको थियो, श्री मनकामनामन्दिर जिर्णोद्धार समिति मनकामना मन्दिर उत्कृष्ट पुनर्निर्माण आोजनाको लागि छानिएको थियो ।

बेद प्रसाद सापकोटा उत्कृष्ट आयोजना परामर्शदाताको लागि छानिए ।

लघु आयोजना (पिम्बहाल पोखरी, पाटन आयोजना) को तर्फबाट शैलेन्द्र श्रेष्ठ उत्कृष्ट ठेकेदार चयन भए ।

मझौला आयोजना (कमलाखोच नदीपुल, सिन्धुली) को तर्फबाट कनक आचार्य चयन भए।  तर ठूला आयोजनाको हकमा निर्णायक मण्डलले निर्धारण गरेको मापदण्ड अनुसार कोही पनि उपयुक्त नभएकोले उक्त विधाको अवार्ड वितरण गरिएन ।

सोही समारोहमा इन्जिनियर शँकरनाथ रिमाललाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो र उत्कृष्ट इनोभेटिभ हाउजिङ्ग आयोजनाको पुरस्कार डाउन टाउन हाउजिङ्ग कम्पनी प्रालिलाई प्रदान गरिएको थियो ।

उत्कृष्ट पपुलर अवार्डको निर्णय आम नागरिकहरुले सामाजिक सञ्जालहरु र एसएमएसमार्फत् दिएको भोटिङ्गको आधारमा गरिएको थियो र यो अवार्ड कर्णाली पुल, कोठियाघाट, बर्दिया (एएनके कन्स्ट्रक्सन कम्पनी) को पोल्टामा गएको थियो ।

हिमालयन टेलिभिजन नेटवर्क प्रालिले पुरस्कार वितरण समारोहको प्रत्यक्ष प्रसारण आफ्नो च्यानल र सामाजिक सञ्जालमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment