३० वैशाख, काठमाडौं । १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदकधारी खेलाडी रमेश मगरलाई १० वर्षको प्रतिबन्ध लगाएको छ ।
नेपाल जुडो संघले फ्रान्समा लुकेर बसेको अध्ययनबाट भेटिएको भन्दै रमेशलाई १० वर्षसमम कुनै पनि खेलमा सहभागि हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
आईजेएफ एकेडेमी लेभल एकको ११ हप्ते सैद्धान्तिक परीक्षामा उतीर्ण भएपछि प्रयोगात्मक परीक्षा दिन हंगेरी प्रस्थान गर्ने क्रममा रमेश फ्रान्समा लुकेको संघले जनाएको छ ।
जुडो संघको वैशाख २० गते बसेको बैठकले उनलाई प्रतिबन्ध लगाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । रमेश हंगेरी १४ अपि्रलमा प्रस्थान गरेका थिए । तर उनी प्रयोगात्मक परीक्षामा सहभागिता नभइ उतै पलायन हुदा राष्ट्रको छविमा आँच आएको भन्दै उनलाई संघले कारबाही गरेको हो ।
यसअघि संघले १२औं सागकी स्वर्णधारी फुपु ल्हामु खत्रीलाई पनि २०२० को टोकियो ओलम्पिकसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।