Comments Add Comment

पूर्व प्रेमी भेटेपछि साराले फिल्म नै हेरिनन्

‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी नायिका साराअली खान निकै चर्चामा छिन् । उनी अभिनित दोस्रो चलचित्र ‘सिम्बा’ पनि बक्सअफिसमा सफल भएपछि उनको चर्चा झनै चुलियो । दुई चलचित्रबाट साराले राम्रै फ्यान फलोअर्स कमाएकी छिन् ।

पछिल्लो समय साराको प्रेम चर्चा पनि खुबै हुने गरेको छ । केही समय अगाडि उनले आफ्नो प्रेम सम्बन्धको विषयमा पनि खुलेर कुरा गरेकी थिइन् । उनले हाल आफू सिंगल रहेको बताएकी थिइन् । तर, उनको दिल भने एक पटक टुटिसकेको छ ।

सारा केही समय पहिला वीर पहाडियाको प्रेममा थिइन् । तर, आन्तरिक विवादले उनीहरु एक आपसमा अलग भएका थिए । सारा आफैले यो कुरा बताएकी हुन् । वीर पूर्व गृहमन्त्री सुशिल कुमारका नाती हुन् ।

हालै सारा र उनको पूर्व प्रेमीको भेट भएको छ । सारा आफ्नो साथी अनन्या पाण्डेको निमन्त्रणामा चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’ हेर्न पुगेकी थिइन् । सारालाई थाहा थिएन कि त्यहाँ उनको पूर्व प्रेमीलाई पनि निम्ता गरिएको थियो । साराले उक्त कुरा थाहा पाएपछि फिल्म नै नहेरी निस्किएकी थिइन् । साराको यो कुराबाट पनि के वुझिन्छ भने, उनी पूर्व प्रेमीसँगको गसिपमा रमाउन चाहन्नन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment