Comments Add Comment

टाउकोमा हात राखेर रुने अवस्था आइसक्यो !

३१ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

ऐन कानुन बनाउँदा नै कसरी झन्जिटिलो र लुट्न सकिने बनाउन सकिन्छ भनेर हेर्ने गरिएको भन्दै उनले सभासम्मेलन र गेष्ठीको भरमा सुशासन कायम हुन नसक्ने बताए । जनकपुरमा आयोजित कार्यक्रममा भ्रष्टाचार रोक्न आफैंबाट सुरुवात गर्नुपर्ने बताए ।

विधि प्रक्रिया झन्जिटिलो बनाएका कारण मानिसहरुले बरु केही रकम खर्च गरेर भएपनि काम गराउने गरेको उनको विश्लेषण छ । राज्यको स्रोतमा समेत डकैती भइरहेको भन्दै उनले भने, ‘हामी अहिले सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा छौं । कुशासन र अव्यवस्था छ ।’

उनले अघि भने, ‘हाम्रो कुनै एन कानुनले हामीलाई भ्रष्टाचार गर्न भनेको छ र ? छैन । तर पनि भइरहेको छ । यो आचरण कहाँबाट आयो ?’

भ्रष्टाचार रोकेर सुशासन कायम गर्न माथिबाटै सुरुवात गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री राउत भन्छन्, ‘माथिबाट नियत सफल हुनुपर्छ । प्रदेशभित्र सुशासन कायम राख्न पहिले म आफैं स्वच्छ हुनुपर्छ । त्यसपछि मन्त्री, प्रशासनिक कर्मचारी आउँछ ।’

मुख्यमन्त्री राउतले अहिले लुट्ने ठाउँ यातायात कार्यालय भएको टिप्पणी गरे । ‘प्रदेश सरकारले अहिलेसम्म त्यहाँ कर्मचारी खटाउन सकेको छैन’ उनले भने, ‘हरेक कर्मचारीलाई एकमा वीरगञ्ज, दुईमा जनकपुर, तीनमा बर्दिबास र चारमा लाहन भनेर आउँछन् । किन त्यहाँ जान चोहेका छन् हामीले बुझेका छैनौं र ?’

सुशासनका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आएको बताए । राम्रो गर्नेहरुलाई बद्नाम गर्न माफियाहरु लागेको गुनासो गर्दै उनले भने, ‘कहिले काहीँ त हराएको महसुस हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment