Comments Add Comment

‘न्याय माग्दा नालामा फाल्ने धम्की दिए’

१ जेठ, काठमाडौं । अस्पतालले गलत रगत दिएका कारण ज्यान गुमाएकी ५ वर्षीया बालिका आकृतिकुमारीका बुवा रामप्रवेश साहले न्याय दिलाइदिन सरकारसँग माग गरेका छन् ।

सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाका साहकी छोरीको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा २३ वैशाखमा मृत्यु भएको थियो ।

मुटुको शल्यक्रिया गर्दा उनलाई गलत रगत दिइएको थियो । चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै साहले घटनाबारे छानविन गर्न माग गरेका छन् । उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय पुग्दा समेत उजुरी दर्ता नभएको उनको गुनासो छ । ‘सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन’ उनले भने, ‘अब हामी कहाँ जाने ?’

उनले अघि भने, ‘मलाई इन्साफ चाहिएको छ तर, खुरुक्क शव लिएर जानू, बढी बोलिस भने नालामा फालिदिन्छु भनेर धम्की दिन्छन् ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हाल्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment