Comments Add Comment

एएफसी कप : मनाङ पञ्जाबसँग बराबरीमा रोकियो

१ जेठ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणको बुधबारको खेलमा भारतीय क्लब मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ ।

एएफसी कपको समूह ई मा रहेको मनाङले घरेलु मैदानमा पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङले ३९औं मिनेटमा गोल खाएको थियो । पञ्जाबका लागि थोइबा सिंहले टीमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा डिफेन्डर प्रथिक जोशीले रातो कार्ड खाँदै मैदान छोडेपछि पञ्जाब १० खेलाडीमा सीमित भएको थियो । यद्यपी मनाङले पञ्जाबको कमजोरीको फाइदा उठाउन सकेन। ८१औं मिनेटमा मनाङले गोल फर्काएर खेल बराबरी मात्र गर्न सक्यो ।

मनाङका लागि विदेशी खेलाडी ओलुवासिना अजिजले गोल गर्दै मनाङलाई हारबाट जोगाएका थिए । उनले कमल श्रेष्ठको लामो फ्रिकिक पासमा गोल गर्न सफल भएका थिए । बाँकी समयमा मनाङले आक्रामक खेल खेले पनि गोल गर्न सफल भएन ।

यो खेलमा बराबरी खेलेसँगै चार खेल सकिदासम्म पनि मनाङ जीतविहीन नै रहेको छ । चार खेलमध्ये दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेको मनाङको २ अंक छ । पञ्जाबको भने चार खेलबाट चार अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment