Comments Add Comment

ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ नेपालमा, नितेश जंग कुँवर’ को साथमा प्रस्तुती

ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९मा ‘नितेश जंग कुँवर’ को साथमा प्रस्तुति दिएका छन् ।

२ दिने नेपाल भ्रमणको पहिलो दिन टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९ मा नितेश जंग कुँवरसँग प्रस्तुति दिएका हुन् । उनले संगीतप्रेमीहरुलाई भेट गरि अन्तरक्रिया पनि गरेका छन् । टुबोर्गले सामाजिक सञ्जालहरुमा डिजिटल अभियान संचालन गरी ईच्छुक दर्शकहरुलाई उक्त कार्यक्रमको पासहरु प्रदान गरेको थियो ।

अब, नितेश जंग कुँवरले क्लिन व्यान्डिटलाई काठमाडौंको भ्रमण गराउनेछन् ।

दर्शकहरुको अनुभव नै क्लिन व्यान्डिटको नेपाल भ्रमणको पहिलो प्राथमिकता रहेको छ जहाँ, उनीहरु नितेशको संगीत झल्किने स्थानिय संस्कृतिमा झुम्नेछन् । क्लिन व्यान्डिटले नेपालमा नितेश जंग कुँवरसँग बिताएको अनुभवहरु झल्काउँदै उनीहरुले नयाँ ट्रयाकको लागि सांगीतिक सहकार्य गर्नेछन् ।

नेपाल भ्रमणबारे ज्याक प्याटेरसन्ले भने, ‘स्थानिय संगीत संस्कृतिबारे नयाँ कुराहरु सिक्नकाृ लागि काठमाडौंको विभिन्न ठाउँहरु घुम्नेछौं । नयाँ ठाउँ र व्यक्तिहरु भेट्नु निकै अविस्मरणीय अनुभव रहनेछ र हाम्रो संगीतप्रेमीहरुसँग भेट गर्न पाउँदा निकै उत्सुक छु ।’

सांगीतिक सहकार्यको माध्यमबाट क्लिन व्यान्डिट र नितेश जंग कुँवरले मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने बाहेक नयाँ शैली र अनुभवहरुको लागि खुल्ला रहन प्रेरणा गर्ने आशा राखेका छन् । टुबोर्ग ओपनले विश्वभरका मानिसहरुलाई नयाँ शैली र अनुभवहरुको लागि खुल्ला रहन र ती अनुभवहरु अरुसँग साट्न प्रोत्साहन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment