Comments Add Comment

भारतीय टिममा ऋषभ किन परेनन् ? कोहलीले दिए कारण

१ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमका तान विराट केहलीले अनुभवी र दबावमा आत्मसंयम राख्न सक्ने भएकाले ऋषभ पन्तको सट्टा दिनेश कार्तिकलाई विश्वकप टिममा राखेको बताएका छन् ।

भारतीय टिममा महेन्द्र सिंह धोनी पहिलो रोजाईका विकेट किपर छन् । १५ सदस्यीय टोलीमा कार्तिक अर्का विकेट किपरका रुपमा छन् ।

ऋषभ पन्त भने आक्रामक ब्याट्सम्यान मानिन्छन् तर, उनलाई भारतको विश्वकप टिममा नपरेपछि धेरैले प्रश्न उठाएका छन् ।

टाइम्स अफ इण्डियासँग कुरा गर्दै कप्तान विराटले भनेका छन्, ‘दबाबको अवस्थामा दिनेश कार्तिक आत्मसंयम राख्छन् । यो त्यस्तो विषय रह्यो, जसमा सबै सहमत थिए । उनीसँग अनुभव पनि छ । यदि धोनीलाई केही भयो भने विकेट किपिङमा दिनेश कार्तिक महत्वपूर्ण हुनेछन् । उनी फिनिसर पनि हुन् ।’

२००४ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका दिनेश कार्तिकले अहिलेसम्म भारतका लागि ९१ ओडीआई खेलेका छन् । उनले कुनै पनि नम्बरमा ब्याटिङ गर्न सक्ने क्षमता देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment