+
+
Shares

‘वीर विक्रम २’ हेर्न किन पुगिन् पूजा ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते १२:०३

वुधबार बेलुकी आयोजना भएको चलचित्र ‘वीर विक्रम २’को प्रिमियर हेर्न नायिका पूजा शर्मा पुगिन् । नायिका पूजा शर्माले पुरा चलचित्र भने हेरिनन् । उनी ब्रेकपछि बाहिरिएकी थिइन् । नायिका शर्माले आफ्नो विशेष काम परेकाले चलचित्र पुरा हेर्न नपाएपनि हलमा गएर हेर्ने बताइन् ।

नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेकाले पनि पूजा चलचित्र हेर्न पुगेको धेरैले अड्कल काटेका थिए । तर, कतिपयले नायक आकाश श्रेष्ठले चलचित्र ‘वीर विक्रम २’ छाड्नुमा पूजाको पनि हात रहेकाले यो कुरा गलत हो भन्ने देखाउन पूजा हल पुगेको अड्कल काटे ।

नायिका पूजा शर्मा केही दिन अगाडि मात्र मुस्ताङमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर काठमाण्डौ फर्किएकी थिइन् । यो चलचित्रले भोलीदेखि काठमाण्डौमा छायांकन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?