Comments Add Comment

दुई अकंले घट्यो नेप्से, ९४ करोडको कारोबार

२ जेठ । काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा २.२८ अकंको गिरावट आएको छ । साताको सबै कारोबार दिन सकारात्मक बनेको बजारमा बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेर १३१८.७१ मा रह्यो ।

बिहीबार १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ कित्ता सेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँमा कारोबार भयो । बिहीबारको कारोबार रकम अघिल्लो दिनको भन्दा ३९ करोड रुपैयाँले थोरै हो ।

कारोबारमा आएका ११ उपसमूहमध्ये ६ समुहको सूचक नकारात्मक बन्यो भने ५ समूहको सूचक सकारात्मक रह्यो । बिहीबार उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ९९.७४ अंकले सकारात्मक बन्यो । यस्तै निर्जीवन बीमा २७.२७, विकास बैंक २१.२५, फाइनान्स २.८४ र म्युचल फण्डको सूचक ०.०८ अंकले सकारात्मक रह्यो ।

होटल समूहको सूचक सबैभन्दा धेरै १२.५६ अंकले ओरालो लागेको छ भने जीवन बीमा १२.४, वाणिज्य बैंक ८.२४, माइक्रोफाइनान्स ५.२३, हाइड्रोपावर १.३१ र अन्य ०.३१ अंकले नकारात्मक बन्यो ।

बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको १३ करोड ४१ लाख रुपैयाँको सेयर भयो भने एनसीसी बैंक, कृषि विकास बैंकको पनि उच्च मूल्यको कारोबार भएको छ ।

बिहीबार शिवम् सिमेन्ट र मल्टिपर्पस फाइनान्सको शेयरमूल्यमा उच्च बृद्धिले सर्किट लाग्यो । यी दुई कम्पनीसंगै कर्णाली डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, महालक्ष्मी विकास बैंक, एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले बजारबाट प्रतिफल पाए ।

कृषि विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्लोवल आईएमई समुन्नत स्किम इकाई मूल्य, उन्नती माइक्रोफाइनान्स, महिला सहयात्री माइक्रोफाइनान्स, सिभिल लघुवित्त, एनएलजी इन्स्योरेन्सका सेयरधनीले भने बिहीबार सेयर कारोबारमा नोक्शान ब्यहोर्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment