Comments Add Comment

नेकपामा भागवण्डा मिल्यो, जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकिए

Photo Credit : फाइल तस्वीर

२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । स्रोतका अनुसार महरलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीकै जोडबलमा संयोजक बनाइएको हो ।

मापदण्डअनुसार अखिलका वर्तमान अध्यक्ष नविना लामा हुनुपर्ने हो तर, महरलाई नबनाउने भए अरु जबज संगठनबारे कुनै निर्णय नै नगर्ने अवस्था आएपछि सहमति गरिएको सचिवालय स्रोतको दाबी छ ।

यस्तै सहसंयोजक तोकिएका रञ्जित माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हुन् । यदि उनी सहसंयोजक बन्न तयार नभए सुरेन्द्र बस्नेतलाई बनाउने सहमतिसमेत भएको स्रोतको दाबी छ ।

युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ । दीपशिखालाई युवा संयोजक बनाउन ओली तयार भइनसकेकाले छलफल भइरहेको स्रोतको दाबी छ ।

महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । यसैगरी मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।

यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् भने सहसंयोजक तोकिएको छैन ।

यसैगरी किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ तोकिएका छन् । अपाङ्ग महासंघको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, मानवअधिकार तथा सामाजिक मञ्चको संयोजकमा मीनबहादुर साही र सहसंयोजकमा हुकुम पोखरेल तोकिएका छन् ।

जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment