+
+
Shares

पुलबाट हाम्फालेर हलिउड अभिनेताले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते ११:१५

हलिउड अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् । यूएस टुडेको एक रिपोर्टका मुताबिक उनले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट राजमार्गमा हाम्फालेर आत्महत्या गरेका हुन् ।

एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यस घटनाको पुष्टि गरेको छ । सुपरहिट हलिउड फिल्म ‘थोर’ मा अभिनय गरेका इसाक ४२ वर्षका थिए । आत्महत्या गर्नुअगाडि उनले इन्स्टाग्राममा लामो सुसाइड नोट पोष्ट गरेका छन् ।

उक्त पोष्टमा उनले लेखेका छन्, ‘मैले सधैँभरि सोचेंँ कि म एउटा राम्रो मानिस हुन सकुँ । तर, यस्तो हुन सकेन किनकि मैले यस्तो गर्न सकिनँ । मेरो छवि एउटा खराब मानिसको छ । मैले धेरै मानिसहरुलाई धोका दिएको छु । ड्रग्स लिन्थेँ र आफ्नो शरीरलाई पनि नोक्सानी पु¥याउथेँ । म आफूप्रति एकदमै लज्जित छु ।’

इसाकले कैयन हिट फिल्ममा अभिनय गरेका छन् । सन् २०११ मा आएको ब्लकबस्टर फिल्म ‘थोर’ भन्दा अगाडि उनले सन् २००९ मा ‘टर्मिनेटर साल्वेसन’ र ‘फ्यानब्वाइज’ मा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?