Comments Add Comment

माथिल्लो रिचेत आयोजनाका लागि जुट्यो लगानी

३ जेठ, काठमाडौं । माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी जुटेको छ । गोरखाजिल्लाको आरुघाट र धार्चे गांउँपालिकामा रहेको माथिल्लो रिचेत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको हो ।
बिहीबार आयोजित एक कार्यक्रमकाबीच प्रवद्र्धन र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता पत्रमा आयोजनाका तर्फबाट आनन्द प्रधानले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ हस्ताक्षर गरे ।

आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन आयोजनाको लागत ३६ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंकले १०.२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति (पे ब्याक पिरियड) भएको छ ।

वार्षिक १ करोड ५ लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४६ लाख रुपैयाँ तोकिएको छ । आयोजनामा ६७.७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

कर्जा प्रशोधन शुल्क समेत अन्य बैंकको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ । आयोजनाको प्रर्वद्धकहरु आनन्दप्रधान, दिवश भट्टराई, हरी भण्डारी र अर्जुनप्रसाद पौडेल जलबिधुत प्रबद्धनक्षेत्रमा लामो अनुभव संगालेको व्यक्तिहरु हुन् ।

हाईड्रोपावर विकासमा लामो अनुभव भएकै कारण सो क्षेत्रमा आफ्नो उद्यमशिलता बढाउन आयोजनामा लगानी गर्न अग्रसर देखिएको प्रवद्र्धकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment