Comments Add Comment

जब पल, बर्षा र नाजिर हल पुगे…(फोटो फिचरसहित)

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘वीर विक्रम २’ले काठमाण्डौका सिंगल थिएटरमा सुखद व्यापार गरेको छ । मल्टिप्लेक्समा शुक्रबारदेखि नै औषत देखिएको चलचित्रको व्यापार शनिबार पनि औषत नै छ । सिंगल हलमा भने चलचित्रको व्यापार सुखद छ ।

निर्देशक मिलन चाम्सले पनि कतै ‘जात्रै जात्रा’ त कतै ‘वीर विक्रम २’को व्यापार माथि रहेको बताए । उनले, दुबै चलचित्रमा दर्शक आउँदा आफूलाई खुशी लागेको सुनाए । शनिबार चलचित्रको टिम काठमाण्डौको अष्टनारायण र गोपिकृष्ण हल पुगेको छ । गोपिकृष्णमा नायक पल शाह, नायिका वर्षा सिवाकोटी, कलाकार नाजिर हुसेन, वुद्दि तामाङ पुग्दा दर्शकको भीड बाक्लो देखियो ।

तर, धेरै चलचित्र हलमा हुँदा ‘वीर विक्रम २’ गोपीमा हाउसफूल हुँदा पनि हल संचालकले अरु पर्दा दिन मानेनन् । निर्देशक चाम्सले दर्शकले टिकट नपाउँदा पनि अरु पर्दा नपाएको भन्दै गुनासो गरेका थिए । नायक पल शाहले आफूले करिब १२ घन्टामा चलचित्रको कथा पढेर काम गर्न तयार भएको संझदै आज त्यो निर्णय सही भएको सुनाए ।

यस्तै, नायिका वर्षा सिवाकोटीले पनि दर्शकको माया पाएर निकै नै खुशी लागेको बताइन् । नायक नाजिर हुसेनले आफूले लामो समयपछि आफ्नो चलचित्रमा दर्शकको बाक्लो भीड देखेको बताए । कलाकार बुद्दि तामाङले आफ्नो भूमिकालाई दर्शकले मन पराएको बताए ।

निर्देशक मिलन चाम्सले सबै दर्शकबाट राम्रो प्रतिक्रिया आएकाले पनि चलचित्र लामो समयसम्म चल्नेमा विश्वास व्यक्त गरेका छन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment