
५ जेठ, काठमाडौं । जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
सोनमा गाउँपालिका–४, गुलरियाका राजाराम महतोका १८ वर्षीय छोरा शंकर महतोको करेन्ट लागेर ज्यान गएको हो ।
शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4