Comments Add Comment

म्यागाटो बेल्जियमको प्रविधि र उत्पादन नेपालमा

४ जेठ, काठमाडौं ।  म्यागाटो इन्टिया प्रालिले अरभिन्द इम्पोरियम प्रालिको सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरूको नेपाली बजारमा सेवा विस्तार गरेको छ ।

विश्वका १५० देशमा आफ्नो विभिन्न उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरू बिक्री वितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीबाट उत्पादित प्रविधिहरूले कम बिजुली लागतमा बढी उत्पादन गर्न सक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरूको उत्पादकत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रममाझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरूको सेवा विस्तार गरिएको हो ।

उक्त कार्यक्रमा नेपालका विभिन्न सिमेन्ट उद्योगका सञ्चालकहरू, खरीद शाखा प्रमुख, वित्तीय प्रमुख तथा फ्याक्ट्री प्रमुखहरूको उपस्थिति रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रिम्यानेजर (साउथएसिया) दिपक भोजवानी, विजनेशम्यानेजर बबीस्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलडर बिक्री प्रमुख आदित्य सिंह लगायतको उपस्थिति रहेको थियो ।

अरभिन्द इम्पोरियमको तर्फबाट सञ्चालक विश्वनाथ गोयल, सुरेन्द्र कुमार गोयल तथा कार्यकारी सञ्चालक बन्टि जैनको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरूको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment