Comments Add Comment

‘जात्रै जात्रा’को आक्रामक व्यापार, दर्शकले भने–‘उत्कृष्ट फिल्म’

शुक्रबारदेखि देशभर रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशभर आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । चलचित्रको व्यापार सिंगलको तुलानामा मल्टिप्लेक्समा आक्रामक छ । बिहानैबाट काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बीग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मल लगायतमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत छ ।

काठमाण्डौ बाहिरका चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले शुक्रबार र शनिबार नै दर्शकको चाप उच्च रहेको बताए । चलचित्रको इनिसियल व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत यसलाई निकै नै राम्रो प्रतिक्रिया दिएका छन् । काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यो चलचित्रलाई उत्कृष्ट भने । अधिकांश दर्शकले चलचित्रलाई ५ मा ४.५ रेटिङ दिएका छन् ।

यसैविच, चलचित्रको टिम शनिबार काठमाण्डौको गोपिकृष्ण हल पुगेको छ । गोपिकृष्ण हलमा पुगेका नायक विपिन कार्कीले दर्शकको माया पाउने अपेक्षा गरेपनि यति धेरै माया पाउँछु भन्ने नलागेको बताए । नायिका बर्षा राउतले आफूहरुले मिहिनेत गरेर उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको र त्यो दर्शकको मायाले सफल भएको बताइन् ।

निर्देशक प्रदिप भट्टराइले चलचित्रको व्यापारसँग दर्शकको प्रतिक्रिया पनि सुखद आएकाले चलचित्र लामो समयसम्म चल्नेमा विश्वस्त रहेको सुनाए । उनले, यसपटक समिक्षकको प्रतिक्रिया कस्तो आउला भन्ने लागेको बताउँदै समिक्षकले पनि चलचित्रलाई उत्कृष्ट भनेको बताए ।

चलचित्रका बाल–कलाकार अव्रिन खड्काको कामको पनि तारिफ भैरहेको छ । विशेषगरि, महिला दर्शकले चलचित्रको पारिवारिक पाटोलाई बढी मन पराएका छन् । चलचित्रले आइतबारबाट पनि दर्शक होल्ड गर्ने देखिएको छ । अधिकांश दर्शकले लामो समयपछि निकै नै उत्कृष्ट चलचित्र हेर्न पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment