Comments Add Comment

ठेकदारलाई सरकारले ठीक ठाउँमा राखोस्ः प्रचण्ड

४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकदारलाई ठीक ठाउँमा राख्न सरकारलाई आग्रह गरेका छन् ।

नुवाकोट जाने सडक प्रचण्डकै घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको छ । नुवाकोटमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले सडकलाई आफ्नो घरवेटीसँग जोडेपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरे ।

‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । त्यति जोड गर्नुपर्ने विषय महसुस हुँदैन,’ उनले भनेका छन्, ‘मैले सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन । मसँग कुनै सरोकारको विषय होइन ।’

जनतालाई अपठ्यारो परेको भन्दै उनले कडा कदम चालेर ठेकदारलाई ठीक गाउँमा राख्न सरकारलाई आग्रह गरे ।

ठेकदारहरुले मोबिलाइजेसन लिएर जग्गामा लगानी गर्ने र लाखौं कमाउने गरेको उनले बताए ।

६/७ वटा ठेकदारको एकाधिकार रहेको भन्दै उनले भने, ‘ठेक्का हात पार्न कुन नेतालाई के गर्नुपर्छ, कर्मचारीलाई के गर्नुपर्छ भन्ने थाहा भइसकेको छ ।’

साथै आफ्नो जोडबलमा खरिद ऐन र ठेक्का प्रणाली सुधार गर्ने योजना सरकारको नीति तथा कार्यक्रममा परेको नेकपा अध्यक्ष प्रचण्डले दाबी गरेका छन् ।

ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको बताए ।

ठेकदारलाई धारे हात लगाएर मात्र नहुने भन्दै गल्ती गर्नेहरुलाई कारबाही गर्ने जिम्मा सरकारको भएको बताए । उनले भने, ‘हामी त्यही दिशामा अगाडि बढ्न नीति तथा कार्यक्रममा उठाएका छौं । त्यही अनुसार ऐन कानुन संशोधन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment