+
+
Shares

अञ्जना हत्या प्रकरणमा ट्वीस्ट : भाइबुहारीसँग असन्तुष्ट थिए उज्वल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ४ गते ७:३९

४ जेठ, काठमाडौं । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ ।

पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट थिए ।

२६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका बेला उनले खुकुरी प्रहार गरेर अञ्जनाको विभत्स हत्या गरेका थिए ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘हामीलाई बयान दिने क्रममा उनले बुहारीसँग पहिल्यैदेखि असन्तुष्ट रहेको स्वीकारेका छन् ।’

ती प्रहरी अधिकारीका अनुसार भाइबुहारीले घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरी बताउँछ ।

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

चापागाउँका डीएसपी राजकुमार खिउजु भन्छन्, ‘अहिले बयान लिने काम भइरहेको छ । बयान सकिएपछि केही बताउन सकिएला ।’

पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको थियो । जसको रिपोर्ट अझैसम्म आएको छैन ।

पोष्टमार्टम रिपोर्टले घटनाको थप पाटोबारे उजागर गर्ने अनुसन्धान अधिकारीको विश्वास छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?