Comments Add Comment

भोलिदेखि पोखरामा टाटाको कार मेला

३ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ्गले र सिप्रदी टे्रडिङ्गको आधिकारीक बिक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा जेठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा कार मेला आयोजना गर्ने भएको छ ।

बिहान ११ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी टे्रडिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।

पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेको छ । यो मेला २ दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment