Comments Add Comment

टिकौली ढाटमा आगजनी गरेको आरोपमा थप एकजना पक्राउ

५ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार प्रदेश सांसदकै उपस्थितिमा आगजनी भएको छ । आगोले जलेर डिउटीमा खटिएकी महिला प्रहरी घाइते भएकी छन् ।

घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले थप एकजना व्यक्तिलाई आइतबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केपी लामिछाने रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । विहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको छ ।

लामिछाने कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्षसमेत हुन् । यसअघि घटना भएकै दिन प्रहरीले रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीलाई पक्राउ गरेको थियो । आगजनीको भिडियाको हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भरतपुरबाट टाँडीतर्फ जाने सडकको टिकौली जंगल छेउमा सडक बोर्ड नेपालको ढाट छ । यो ढाटले पूर्व जाने सवारी साधानहरुसँग रकम उठाउँदै आएको छ ।

भरतपुर आएर काम घर फर्किने पूर्वी चितवनवासीहरुलाई समेत यो ढाटले समस्यामा पार्दै आएको थियो ।

आफ्नै जिल्लाभित्र सवारी लिएर हिड्दासमेत रकम बुझाउनुपर्ने बाध्यताले पूर्वी चितवनवासीलाई आक्रोशित बनाएको थियो । यसको बिरोध उद्योग बाणिज्य संघलगायतका निकायले गर्दै आएका पनि थिए ।

दुई दिनअघि मात्रै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै ढाट हटाउन माग गरेका थिए । प्रजिअ बस्नेतले एक साताको समय अध्यक्ष रेग्मीसँग मागेका थिए ।

ज्ञापनपत्र बुझाएको दुई दिनपछि नै उनै रेग्मीसहित प्रदेशसभाका सांसद कृष्ण खनालको उपस्थितिमा ढाटमा आगजनी गरिएको हो । सोही क्रममा डिउटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन् ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शुशिल सिंह राठौरले टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सांसदकै उपस्थितिमा अमानवीय कार्य भएको बताएका छन् ।

सांसद खनालले भने आफू घटना स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको दावी गरेका छन् ।

रत्ननगर उद्योग बाणिज्य संघले पनि घटनाको भत्र्सना गर्दै पक्राउ परेका रेष्टुरेण्ट एण्ड बार एसोशियसन -रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीको रिहाइको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment