
नायिकाद्धय बर्षा सिवाकोटी र बर्षा राउतविच चलचित्र क्षेत्रमा चर्को दुश्मनी रहेको चर्चा चल्छ । उनीहरुले गर्ने विभिन्न खालको क्रियाकलापले पनि उनीहरुविचमा दुश्मनी रहेको देखिन्छ । तर, नायिका बर्षा राउत आइतबार नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीर विक्रम २’ हेर्न कुमारी हल पुगेकी छिन् ।
चलचित्र हेरेर निस्किएकी बर्षा राउतले आफू र बर्षा सिवाकोटीविच कुनै पनि खालको दुश्मनी नभएको बताइन् । उनले भनिन्–‘मैले पहिलेदेखि नै यो चलचित्र हेर्ने सोच बनाएकी थिएँ । आज जुर्यो । चलचित्र एकदमै राम्रो बनेको रहेछ । वर्षाको काम मन पर्यो ।’
नायिका सिवाकोटीले चलचित्र क्षेत्रमा आफूहरु मिल्ने साथी भएपनि मिडियाले नै दुश्मन बनाइदिएको गुनासो गरिन् । उनले भनिन्–‘हामी बारम्बार स्पष्ट पार्दापार्दै थाकिसक्यौं । हामीविचमा कुनै पनि खालको दुश्मनी छैन । सायद, नाम एउटै भएर पनि मिडियाले यसलाई मसला बनाएको होला ।’
दुई बर्षाले आफूहरुले एकसाथ चलचित्र खेल्ने संभावना रहेको बताए । दुई वर्षाले एकसाथ चलचित्र खेल्ने अवस्था आएको छैन । बारम्बार आउँदा पनि टरिरहेको छ । तर, उनीहरुले चाडै नै यो संभव हुने समेत सुनाए ।
नायिका वर्षा सिवाकोटीले वर्षा राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’ पनि आफूले हेर्ने बताइन् ।
प्रतिक्रिया 4