Comments Add Comment

भूवन र करिश्मा भन्छन्–‘जात्रै जात्रा’ उत्कृष्ट फिल्म’

नायक तथा निर्माता भूवन केसी र नायिका करिश्मा मानन्धरले चलचित्र ‘जात्रै जात्रा’ हेरेका छन् । आइतबार बेलुकी काठमाण्डौको बीग मुभिजमा पुगेर उनीहरुले चलचित्र हेरेका हुन् । चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिदै भूवनले भने–‘चलचित्र एकदमै राम्रो बनेको छ । दर्शकले पुरा मनोरञ्जन पाउनुहुनेछ ।’

यता, नायिका करिश्मा मानन्धरले चलचित्रको कमेडीसँगै पारिवारिक कथाले पनि छोएको बताइन् । उनले भनिन्–‘चलचित्र भित्र साना साना कुराहरु पनि छन्, जसले इमोशनल बनाएको छ ।’ भूवनले यसमा कुनै पनि नराम्रो कुरा नभएको बताए । चलचित्र राम्रो हुनका लागि सबै कुराको मिश्रण हुनुपर्ने बताउँदै यही भएर ‘जात्रै जात्रा’ उत्कृष्ट भएको सुनाए ।

भूवनले, चलचित्रको पटकथा र कथा राम्रो नहुँदा चलचित्र क्षेत्रमा राम्रो चलचित्र नबनेको बताउँदै ‘जात्रै जात्रा’मा यो कुरा पनि उत्कृष्ट भएको बताए । नायिका करिश्मा मानन्धरले दर्शकले एकछिन पनि अरु कुरा सोच्न फुर्सद नपाउने भएकाले पनि ‘जात्रै जात्रा’ उत्कृष्ट भएको बताइन् ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको छ । प्रदिप भट्टराई निर्देशित यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment