Comments Add Comment

अष्ट्रेलियाको विश्वविद्यालयले स्थापना गर्‍यो शेष र जमुनाका नाममा छात्रवृत्ति

तीन जना छात्राले पाए ७–७ हजार डलर

सिड्नी । नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति स्थापना गरेको छ ।

उनीहरुका नाममा स्थापित छात्रवृत्तिअन्र्तगत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजारका दरले छात्रवृृत्ति प्रदान गरेको हो ।

केही साताअघि फेडेरेसन युनिभर्सिटीले शेष र जमुनाका नाममा छात्रवृत्ति स्थापना गर्न घले दम्पत्तिसमक्ष प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार्दै उनीहरुले हरेक साल छात्राहरुलाई मात्र यो छात्रवृत्ति दिने सर्त राखेका थिए ।

फेडेरेसन युनिभर्सिटी मातहत विभिन्न क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई यो छात्रवृत्ति दिइने छ ।

यसपटक एमआईटी कलेजअन्र्तगत सिड्नी क्याम्पसमा अध्ययनरत नेपाली छात्रा शर्मिला खनाल, एमआईटी मेलवर्न क्याम्पसमा अध्ययनरत भारतीय छात्रा कविता शर्मा र फेडरेसन युनिभर्सिटीमा अध्ययनरत केला थर्निकफ्टले जनही सात सात हजार डलरको छात्रवृत्ति पाएका छन् ।

शेष र जमुनाले स्थापना गरेको एमआइटी कलेजले फेडरेसन युनिभर्सिटीको कोर्स अध्यापन गराउँछ । घले दम्पत्तिले यो विश्वविद्यालयलाई दुई वर्ष पहिले २ लाख डलर अनुदान दिएका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै शेष घलेले यो छात्रवृृत्तिलाई निरन्तरता दिइने र आफ्नो तर्फबाट विश्वबिद्यालयलाई दिइने अनुदान पनि निरन्तर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment