+
+
Shares

वनमा भेटियो पुरुषको शव, हत्याको आशंका

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ जेठ ६ गते १५:३०

६ जेठ,बुटवल । रुपन्देहीको सैनामैनामा रहेको सालझण्डी सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका १० फायरलाइन नजिकैको वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो ।

शवको अझै पहिचान खुलेको छैन । जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीको भनाइ छ । शव रक्ताम्य अवस्थामा भेटिएको हो । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । शरीरको विभिन्न ठाउँमा चोट लागेको कारण पनि हत्या भएको अनुमान स्थानीयले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?