+
+
Shares

वीरेन्द्रका एडिसीले ल्याए दरबार हत्याकाण्डसम्बन्धी पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १५:३६

६ जेठ, काठमाडौं । राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी सैन्य अधिकारीको पुस्तक ‘दरबारको दुखान्त’ बजारमा आएको छ । पुस्तक २०५८ जेठ १९ गते राती नारायणहिटी दरबारमा गोली चल्दाचल्दै भित्र छिरेका तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले लेखेका हुन ।

१९ अध्यायमा बाँडिएको यो पुस्तकमा रानाले आफूले आँखै अगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीको वर्णन गरेका छन् । उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।’

किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिंदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्वन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे उल्लेख छ ।

तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाहरुका साक्षी रहेका रानाले हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरू उल्लेख गरेको प्रकाशकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?