१ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानका २३ वर्षीय सरोज विकको बाँया हात र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
हाइस चालक र दुवै सवारीसाधन वालिङ प्रहरी कार्यालयको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4