+
+
Shares

चितवनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १५:२४

६ भदौ, काठमाडौं । चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो यो घटना भएको हो ।

दिउँसो १२:२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उद्धार गरी नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?