News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ को गुदाला भोजोला ताल, हरियाली र कुहिरोले ढाकिने दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
- मिक्लाजुङ पहाड धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा महत्त्वपूर्ण रहेको छ, र यही ठाउँको नामबाट पाँचथर र मोरङका दुई गाउँपालिका नामकरण गरिएको हो।
- स्थानीय सञ्जय राईले राँके–रवि–भेडेटार सडक कालोपत्रे भए आन्तरिक पर्यटकका लागि यो क्षेत्र महत्त्वपूर्ण गन्तव्य हुने बताएका छन्।
६ भदौ, पाँचथर । गुदाला भोजोला ताललाई छोपेर बसेको कुहिरो क्षितिजतिर उढेर गयो । छ्याङ्ग पोखरी देखियो । लामो पोखरी र वर्षायाममको हरियाली निक्कै सुन्दर देखियो । तर यो धेरै समय टिकेन । कन्याटारतिरबाट आएको कुहिरोले विस्तारै विस्तारै गर्दै पोखरीलाई ‘सिरक’ ओढाइरहेको देखिन्थ्यो ।
यो दृश्य पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ को हो । मिक्लाजुङ पहाडको काखमा थुम्किला पहाडका साथ लेखगाँउ अवस्थित छ । डाँडाले घेरीएको ताल आर्कषकमात्र छैन यहाँको गाउँ घर, जनजीवन र दृश्य सुन्दर छ ।
मिक्लाजुङ पहाड धार्मीक, सास्कृतिक र प्राकृतिक रुपमा महत्त्वपूर्ण रहेको छ । यहि ठाउँको नामबाट पाँचथर र मोरङका दुईवटा गाउँपालिकाको नामकरण गरिएको छ । केही समय आनन्दित मौसममा रमाउन, प्रकृतिकसँग टोलाउन र केहि दिन ‘मुड फ्रेस’ गर्न उपयुक्त ठाउँ हो ।

राँके–रवि–भेडेटार सडकमा यो बस्ती रहेको छ । साना चिटिक्क परेका घर । पहाडको काखको थुम्किला पहाड भएको बस्ती । ग्रामिण जनजीवन, यहाको संस्कृति र ‘वाचिपा’ जस्ता रैथाने काखाले यो ठाउँ महत्त्वपूर्ण छ ।
यो सडक कालोपत्रे भइसक्ने हो भने यो क्षेत्रको काया बद्लिने स्थानीय सञ्जय राई बताउँछन । ‘मिक्लाजुङको दर्शन गर्न हिउँमा ठूलो संख्या आउँछन् । तराइदेखि पनि नजिक छ । यो सडक कालोपत्रे सकिने हो भने आन्तरिक पर्यटकको महत्त्वपूर्ण गन्तव्य हुन्छ’ उनी भन्छन्, ‘स्थानीय पर्यटकीय पूर्वाधार विकास र प्रवर्द्धनको प्रयास गरिरहेका छौं ।’
सदरमुकाम फिदिमदेखि निक्कै टाढा छ । धनकुटाको भेडेटारदेखि पाँचस किलोमिटर डाडाँको बाटोमा यात्रा गर्दा यहाँ पुगिन्छ ।

विभिन्न प्रकृतिक संरचना ,समाजिक परिस्थिती, खेती प्रणाली तथा ग्रामिण वसोवासको झल्को धेरैले आर्कषक मान्ने गरको छन् । गीत संगीत तथा सस्कृति प्रतिको प्रेम कुम्भकर्ण, मकालु जस्ता हिमालको दृश्य, गुदालाबोजोला, छत्रे बोजोला जस्ता ताल, फराकीलो खेल मैदान यहाँका विशेषता हुन् । बेलासी यहाँ पाइने विशेष फल हुन् । वनक्षेत्रमा विभिन्न प्रजातिका चरा चुरुङ्गी पाइन्छ ।







प्रतिक्रिया 4