Comments Add Comment

काठमाडौंमा भारतीय नागरिकको नेटवर्किङ धन्दा, ४२ लाखसहित ८ जना पक्राउ

६ जेठ, काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोमद जिया, नितिन श्रीबास्तव, रबि तिवारी, अटल त्रिपाठी, महोमद सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला र राजेश कुमार शुक्ला छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विशेष सुराकीका आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

राठौरका अनुसार पक्राउ परेका व्यक्तिहरुले साइन ग्रुप-रियल स्टेट, ईकमर्स र टुरिज्मको नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गरेका थिए ।

उनीहरुले कम्पनीमा २५ सय, ५ हजार र १० हजार डलर जम्मा गरे त्यहीँ बराबरको रकम कम्पनीबाट ६ प्रतिशतसम्म थप गरेर अर्धवार्षिक रुपमा दिने प्रलोभन दिने गरेको जनाइएको छ । उनीहरुले आर्थिक प्रलोभनमा पारेर कम्पनीको सदस्य समेत बनाइदिने बताएका थिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि २८ वैशाखमा काठमाडौं प्रहरी परिसर, टेकुले पनि अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो ।

दुवै समूहबीच संलग्न रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment