+
+
Shares

सरकारलाई कांग्रेसको चुनौती : मिडिया काउन्सिल विधेयक पढ्नै चाहन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १८:५२

८ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताइन् ।

गलत नियतका साथ विधेयक आएको भन्दै उनले भनिन्, ‘सरकारलाई शक्तिको भोक जागेको छ, राज्य नियन्त्रित प्रेस बनाउन खोजेको छ ।’

उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरेकी छन् । उनले अघि भनिन्, ‘यो विधेयकलाई लोकतन्त्रले बुझ्दैन, हामी पढ्न चाहनौं ।’

उनले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?