+
+
Shares

हिमालयन बैंकको ५८ औं शाखा जनकपुरधाममा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १५:२९

८ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालीका- १, स्टेशनरोडमा आफ्नो ५८ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले एक समारोहका बीच गरे । सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पुर्‍याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्ति गरे ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आˆनो व्यवसायलाई बढाउन जिल्लावासीको कि्रयाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?