+
+
Shares

नेकपा, कांग्रेस र राप्रपाले भृकुटीमण्डपको उधारो तिरे

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १६:०४
Photo Credit : भृकुटीमण्डपमा आयोजित चियापान ।

८ जेठ, काठमाडौं । समाज कल्याण परिषद्को भृकुटीमण्डप हातामा कार्यक्रम गरे वापतको बक्यौता भाडा प्रमुख राजनीतिक दलले चुक्ता गरेका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा नेपालले परिषद्लाई १४ लाख रुपैयाँ तिरेका हुन् ।

उनीहरुसहित दुई दर्जनभन्दा बढी संघ संस्थाले परिषद्लाई चार करोड रुपैयाँ भन्दा धेरै भाडा नतिरेको विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएको थियो । समाचार आएपछि नेकपाले एक लाख बीस हजार, नेपाली कांग्रेसले १२ लाख ३४ हजार ८५४ तथा राप्रपाले ७७ हजार २८ रुपैयाँ चुक्ता गरेको समाज कल्याण परिषद् भृकुटीमण्डप कार्यालय प्रमुख सञ्जय मल्लिकले बताए ।

मल्ल्किका अनुसार गणेशमान सिंह प्रतिष्ठानले पनि ३ लाख रुपैयाँ बुझाएको छ भने बाँकी बक्यौता बुझाउँदै जाने प्रतिबद्धता जनाएको छ । यस्तै नेपाल फर्निचर संघले धरौटी रकमबाट भाडा कटाउन भन्दै निवेदन दिएको छ । पर्यटन बोर्डले आफ्नो बजेटअनुसार उधारो तिर्ने बाचा परिषदमा गरेको छ ।

कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ९ लाखसहित पत्रकार महासंघ काठमाडौं शाखा, उपभोक्ता संरक्षण मञ्च नेपाल लगायत दर्जनौ संस्थाले अझै पनि पैसा तिरेका छैनन् । समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा बुथ र स्टल गरेर ९० वटा संरचना निर्माण गरेको थियो तर, जिर्ण संरचनाका कारण हाल ७० वटा स्टल मात्रै प्रयोगमा छन् । यहाँको भाडा स्टल र बुथले प्रतिवर्गफिट ३६ रुपैयाँ र ४८ ठेलाले मासिक ३ हजार रुपैयाँ भृकुटीमण्डप कार्यालयलाई बुझाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?