Comments Add Comment

भूवनको प्रश्न–‘बक्स अफिस गफ मात्र किन ?’, मन्त्री भन्छन्–‘म छुच्चो भएँ’

चलचित्र पत्रकार संघको २० औं बार्षिकोत्सवमा नायक भूवन केसीले बक्स अफिसको बिषय उठाए । शुभकामना मन्तव्य दिने क्रममा भूवनले भने–‘संचार मन्त्रालय र चलचित्र विकास बोर्डमा मन्त्री र अध्यक्ष धेरै फेरिनुभयो । तर, बक्स अफिस लागू भएन । यसपटक भने संचारमन्त्री र बोर्ड अध्यक्षप्रति हामी बढी आशावादी छौ । तर, नाम मात्रको बक्स अफिस लागू नहोस् ।’

भूवनले बक्स अफिस लागू नहुँदा पनि निर्माताले घाटा ब्यहोर्नुपरेको बताउँदै आएका छन् । उनले, बक्स अफिस लागू भएको खण्डमा नेपाली चलचित्रको धेरै समस्या हल हुने बताएका छन् । भूवनको प्रश्न सुनेपछि कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका सूचना, संचार तथा प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बक्स अफिस लागू गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने–‘अब बक्स अफिस कसैले रोकेर रोकिन्न । यो बर्षभित्र उपत्यकाबाहिर बक्स अफिस लागू हुन्छ । बक्स अफिस लागू गर्छु भन्दा म हल संचालकहरुको नजरमा छुच्चो भएको छु । तर, चलचित्र क्षेत्रको हित हुने काममा छुच्चो हुन पनि म तयार छु ।’

संचारमन्त्रीले चलचित्र विकास बोर्डको नाममा रहेको बालाजुको जग्गा खोज्न पनि बोर्ड अध्यक्षलाई निर्देशन दिए । उनले भने–‘बोर्डको नामको त्यो जग्गा बोर्डकै छ या अरु कसैको नाममा छ, त्यो खोज्नुहोला । त्यहाँ भव्य इन्डोर स्टूडियो निर्माण गर्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment