Comments Add Comment

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ ।

गीतको भिडियोमा भने नायिका निता ढुंगाना र नायक आमेश भण्डारी जोडी बनेका छन् । कुनै समय गहिरो प्रेममा रहेका नीता र आमेश झण्डै तीन बर्ष अगाडि छुट्टिएका थिए । ब्रेकअप पछि आ–आफ्नो काममा व्यस्त बनेका निता र आमेशले पहिलो पटक सँगै म्युजिक भिडियोमा काम गरेका हुन् । यसअघि उनिहरुले दुई चलचित्रमा सँगै काम गरेका थिए ।

यो भिडियोमा अभिनय गरेसँगै आमेश-नीताको ‘प्याचअप’को खबरहरु पनि आइरहेका छन् । तर, उनीहरुले भने उक्त कुरालाई स्वीकारेका छैनन् । उनिहरु अहिले एक-अर्काको मिल्ने साथी भएको बताउँछन् ।

विदुर शिवाकोटीको निर्देशन रहेको भिडियोमा रोशन दाहालको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा निर्देशक शिवाकोटीले नै कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment